नयाँ दिल्ली, २८ साउन/एएनआई

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ ।
सरकारी अधिकारीले बिहीवार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४१ हजार १९५ जना नयाँ सङ्क्रमित थपिएका हुन् । तर अघिल्लो दिन भने ३८ हजार ३५३ नयFँ सङ्क्रमित थपिएका थिए ।

केही दिन अगाडिसम्म दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गएकोमा अहिले फेरि बढ्न थालेको देखिएको हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले ४६ दिनदेखि भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारभन्दा कम रहेको जनाएको छ ।

भारतमा सङ्क्रमित अवस्थामा रहेकाहरूको सङ्ख्या तीन लाख ८७ हजार ९८७ पुगेको मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी पछिल्लो एक दिनमा भारतमा ३९ हजार ६९ जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन् ।

एउटै समयमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्त्रलमणमुक्त भएकाको सङ्ख्या थोरै भएकोले सक्रिय अवस्थामैं रहेका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । भारतमा अहिले ९७.४५ प्रतिशत मानिस सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या भने तीन करोड १२ लाख ६० हजार ५० पुगेको छ ।

सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म ४८ करोड ७३ लाख कोरोना परीक्षण गरिएको छ । भारतमा गत जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप शुरू भएको थियो । सो समयदेखि हालसम्म कोरोना भाइरसविरुद्ध ५२ करोड ३६ लाख डोज खोप लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here