प्रस, जनकपुरधाम, २७ साउन/
भजनकीर्तन गाउने क्रममा माइकमा करेन्ट प्रवाह भएपछि धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा दुईजनाको ज्यान गएको छ । मृत्यु हुनेमा धनुषाकै लक्ष्मीनीयाँ गाउँपालिका–३ बस्ने ५० वर्षीय मनिराम यादव र ५४ वर्षीय बिन्दा दास रहेका छन् ।
क्षीरेश्वर–३ पर्सामा मङ्गलवार साँझ करीब ६ बजेतिर उक्त घटना भएको प्रहरीले जनाएको छ । स्थानीय बुलन यादवले आफ्नो घरमा भजनकीर्तन लगाएका थिए ।
सो क्रममा भजन गाउन माइक प्रयोग गर्न खोज्दा माइकमा नै करेन्ट प्रवाह भएर भजनमण्डलीका दुईजना सदस्यको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
करेन्ट लागेका दुवैलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । माइकमा करेन्ट कसरी प्रवाह भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।