प्रस, सिम्रौनगढ, २७ साउन/
प्रदेश सरकारको ‘छोरी पढाऊ, छोरी बचाऊ’ अभियान अन्तर्गत बुधवार सिम्रौनगढ नगरपालिकास्थित कङ्काली माविका कक्षा ८ मा अध्ययनरत १४५ जना छात्रालाई साइकल वितरण गरिएको छ ।
प्रदेश सभामुख सरोजकुमार यादवले साइकल वितरण गर्दै सङ्घीयताले धेरै उपलब्धि ल्याएको दाबी गरे । उनले अहिले राजनीतिक अधिकार वृद्धि भएको र त्यसको देन सङ्घीयता नै भएको बताए । उनले सङ्घीयता लागू भएसँगै विकासले पनि फड्को मारेको बताए ।
सभामुख यादवले सङ्घीयता बलियो बनाउनेतर्फ आफूहरूको ध्यानकेन्द्रित रहेको दाबी गरे । उनले प्रदेश सरकारले सिम्रौनगढमा छिट्टै ५० शøयाको अस्पताल निर्माण गर्ने घोषणा गरे ।
सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहले छोरी पढाउन सबैको निस्स्वार्थ भावना हुनुपर्ने बताए ।
उनले आमा शिक्षित भएको घरमा परिवार शिक्षित हुन्छ भन्दै छोरीलाई पढाउनेतर्फ सबैलाई अग्रसरता देखाउन आग्रह गरे । विद्यालयका प्रअ धु्रवप्रसाद कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय समाजसेवी रामनरेशकान्त कुशवाहा, शिक्ष्Fा संयोजक नूराजम सिद्धिकी, शिवमङ्गल पटेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा शिक्ष्Fक विनोद झाले स्वागत र अर्का शिक्षक अरविन्द महतो नुनियाले सहजीकरण गरेका थिए ।