प्रस, वीरगंज, २६ साउन/

नारायणी अस्पतालको आइसियू अहिले भद्रगोल अवस्थामा छ । पाँच शøयाको आइसियू अहिले वातानुकूलित छैन । औषधिको अभाव छ ।

त्यसैगरी, पर्याप्त जनशक्ति पनि नहुँदा सेवा दिन अप्ठेरो परेको त्यहाँ कार्यरत कर्मचारीले गुनासो गरेका छन् । कोरोना सङ्क्रमण बढेपछि आइसियू अस्तव्यस्त भएको हो । आइसियू रहेको पुरानो ठाउँमा कोरोना सङ्क्रमितको लागि शøया बनाइएको र आइसियूलाई अन्यत्र सारिएकोमा अहिले व्यवस्थापनमा कमजोरी देखिएको हो ।

गर्मीयाममा आइसियूमा एसी जडान नहुँदा बिरामीहरूलाई समस्या भएको छ । सहायक कर्मचारीको व्यवस्थापन नहुँदा सो कक्षमा जोसुकै मानिस जुनसुकै बेला आउजाउ गर्ने हुनाले बिरामीहरूमा सङ्क्रमण फैलिन सक्ने कर्मचारीहरू बताउँछन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानले वातानुकूलित मेशिन आइसकेको तर जडानमा तत्काल समस्या रहेको बताए । उनले अस्पतालको विद्युत् क्षमताले नभ्याएको र ट्रान्सफर्मर जडान गर्न दुई साता लाग्ने बताए । सो अवधिसम्म आइसियूको वैकल्पिक व्यवस्था गर्नेतर्फ विचार भइरहेको बताए ।

१८ शøयाको एचआइडिसियूमा तत्काल आइसियूलाई व्यवस्थापन गर्ने तयारी भइरहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here