प्रस, धनुषा, २६ साउन/

एसिड प्रहार गरेको घटनामा धनुषा जिल्ला अदालतले सोमवार एसिड विक्रेतालाई सफाइ दिएको छ । जनकपुर निवासी आरती साहमाथि उनकै श्रीमानले एसिड प्रहार गरेको घटनामा एसिड विक्रेतालाई अदालतले सफाइ दिएको फैसलाविरूद्ध सरकारी वकीलको कार्यालयले पुनरावेदन गर्ने निर्णय गरेको छ ।

एसिड प्रहार गरेको घटनाका मुख्य आरोपी आरती साहका श्रीमान् जनकपुरधाम उपमहानगरपालिका–२० रूपैठा निवासी सञ्जीव साहलाई दोषी ठहर गर्दै अदालतले फैसला सुनाएपनि लाइसेन्स विना नै एसिड बिक्री गरेको नागेन्द्र साहलाई मुद्दाबाट सफाइ दिएको छ ।
सो निर्णयको विरूद्धमा मुख्य जिल्ला न्यायाधीवक्ता सीताराम अर्यालले जिल्ला अदालतको फैसला विरूद्ध उच्च अदालतमा पुनरावेदन दिने बताए ।

एसिड विक्रेताले सफाइ पाएपछि सो निर्णयप्रति आपत्ति जनाउँदै आरती अदालत पुगेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

गत कात्तिक २९ गते दीपावलीको अवसरमा आफ्नो ससुराली गएका सञ्जीवले श्रीमति आरती र छोरी रियामाथि एसिड प्रहार गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here