बलिराम शुक्ला, बिरुवागुठी, २६ साउन/

पर्साका ग्रामीण भेगमा रहेका युवाहरू लागूऔषध र मदिराको कुलतमा फस्दै गइरहेका छन् ।
पर्सागढी, बहुदरमाई नगरपालिका, सखुवाप्रसौनी, पटेर्वासुगौली गाउँपालिकालगायतमा १५ देखि ३५ वर्षसम्मका युवाहरू लागूऔषध तथा मदिरा सेवनतर्फ लागेका छन् ।

एकान्त ठाउँ, मठजस्ता स्थानमा जम्मा भई युवाहरू गाँजा, सुलेशन, नशालु औषधि र पाउडर सेवन गर्छन् भने केही युवा भट्टीमैं मदिरासेवन गर्छन् ।

लागूऔषध तथा मदिरा सेवनका कारण उनीहरूको घरमा प्रायः झगडा भई घरेलु हिंसा बढेकामा स्थानीयवासी चिन्तित छन् ।

कोरोना महामारीको कारण रोजगार गुमाएका युवा तथा विद्यालय बन्द भएपछि विद्यार्थीहरू बरालिएर लागूऔषध र मदिराको कुलतमा लागेका छन् ।

केही अभिभावकले कुलतमा फसेका युवाहरूलाई दुव्र्यसनी सुधार केन्द्र पठाउन थालेका छन् । यो वर्ष मात्र पर्सागढी नगरपालिकाबाट करीब आधा दर्जन युवालाई सुधार केन्द्र पठाइएको छ ।
लागूऔषध प्रयोगकर्ता र अवैध घरेलु मदिराका सेवनकर्ताहरू बढिरहे पनि सो नियन्त्रणतर्फ स्थानीय सुरक्षाकर्मी तथा जनप्रतिनिधिहरूले खासै चासो देखाएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here