प्रस, गरुडा, २६ साउन/

रौतहटका विभिन्न विद्यालयले आन्तरिक व्यवस्थापनमा कक्षा एघारको वार्षिक परीक्षा धमाधम लिइरहेका छन् । गरुडा नगरपालिका क्षेत्रमा रहेका सम्पूर्ण विद्यालयको परीक्षा एक साथ सम्पन्न भएको छ । नगरमा रहेका छवटा माध्यमिक विद्यालयले एक साथ परीक्षा सम्पन्न गरेका हुन् । सबै विद्यालयले सामूहिकरूपमा प्रश्नपत्र निर्माण गरी एउटै प्रश्नपत्रबाट नगरका सबै विद्यालयमा परीक्षा सम्पन्न गरेका छन् । परीक्षाको सम्पूर्ण व्यवस्थापन विद्यालयले नै गरेका थिए ।

रौतहटको गढीमाई नगरपालिकाको समनपुरस्थित शङ्कर गुदर माध्यमिक विद्यालयले आन्तरिक व्यवस्थापनमा कक्षा एघारको परीक्षा लिइरहेको छ ।

अन्य कक्षामा विद्यार्थीको उपस्थिति नहुने भएकाले विद्यालयमा खासै भीडभाड नहुने हुँदा परीक्षा सञ्चालन शान्तिपूर्ण किसिमले र विद्यालयले चाहेको समयमा व्यवस्थापन गर्न सजिलो भएको छ ।

कोरोना महामारीको समयमा विद्यालयहरू पूर्णतया बन्द रहे तापनि जिल्लाका अधिकांश विद्यालयले कक्षा एघारको परीक्षा लिएका छन् । कतिपयले परीक्षा लिने तयारी गरेका छन् । कक्षा बा¥हको परीक्षा स्थगित भएपछि कक्षा एघारको परीक्षा लिएर नतीजा प्रकाशन गर्ने कतिपय विद्यालयको तयारी रहेको छ ।

कक्षा एघारको परीक्षामा पनि राष्ट्रिय परीक्षा बोर्डले कायम गरेको रजिस्टे«शन नम्बर र सिम्बोल नम्बसहितको प्रवेशपत्र पनि सोही ढाँचाको हुनुपर्ने बताइएको छ । रौतहटमा कक्षा एघार र बा¥ह पढाइ हुने करिब तीन दर्जन माध्यमिक विद्यालयहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here