प्रस, परवानीपुर, २३ साउन/

नेपाल–भारत नाकामा अवस्थित मितेरी पुल कालोपत्र गर्ने योजना शुरू भएको छ ।

भारतीय पक्षले १०६ मिटर लम्बाइको पुलको आधा भूभाग ५३ मिटर कालेपत्र गर्ने कार्य शुक्रवार राति ९ बजेपछि शुरू गरेको छ । पथ निर्माण विभाग, भारतको निर्देशनमा पुलका खाल्डाखुल्डीलाई ग्रेडरले बराबर गर्ने कार्य भइरहेको र त्यसपछि डिबिएसटी गर्ने कार्य सम्पन्न हुने विभागका इन्जिनीयर मृत्युञ्जय कुमारले बताए ।

एक साताभित्रै कालोपत्र गरेर पुल चिटिक्क पार्ने लक्ष्य रहेको छ । पुलको आधा भाग पनि कालोपत्र भएपछि पुलमा दैनिक हुने सवारी दुर्घटना र यात्रुलाई हुने कठिनाइबाट मुक्ति मिल्नेछ । पुल कालोपत्र भइरहेको कार्यलाई नेपाल–भारत पक्षका सरोकारवालाहरूले शनिवार अवलोकन गरी भारतीय सरकारी निकाय पथ निर्माण विभागका कर्मचारीलाई राम्रोसँग गर्न आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here