प्रस, वीरगंज, २२ साउन/

आइटी आर्मी पर्साको भेला शुक्रवार वीरगंजमा सम्पन्न भएको छ । भेलामा पूर्वमन्त्री प्रभु साहले आइटी आर्मीले पर्सालगायत तराईमा भइरहेको भ्रष्टाचार नियन्त्रणमा सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

तराईका पालिकाहरूमा बढ्दै गइरहेको भ्रष्टाचार नियन्त्रणलगायत कानूनी कारबाहीसम्म लड्ने उद्देश्यले  आइटी आर्मीको गठन भएको र आफ्नो उद्देश्य पूरा गर्ने पूर्वमन्त्री साहले दाबी गरेका थिए ।

भेलाले सन्तोष पटेलको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । कार्यक्रममा वडाध्यक्ष पवन तिवारी, अभिताभ बच्चन दासलगायतले आआफ्नो धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here