बेइजिङ, २२ साउन/सिन्ह्वा
चीनले यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुर्ई अर्ब मात्रा कोरोनाविरुद्धको खोप सहयोग दिने भएको छ ।
त्यसैगरी, चीनले यसै वर्षको अन्तिमसम्ममा चीनले एक करोड अमेरिकी डलर सहयोग कोभ्याक्स कार्यक्रममा गर्ने पनि बताएको छ । चीनका राष्ट्रपति सी जिनपिङले यो कुरा बताएका हुन् । उनले यसै वर्षको अन्त्यसम्ममा चीनले विश्वका खाँचो परेका देशहरूलाई कम्तीमा पनि दुर्ई अर्ब मात्रा खोप दिने बताएका हुन् ।
त्यसैगरी, राष्ट्रपति जिनपिङले आगामी दिनमा कोभिडविरुद्धको खोपको खाँचो हुने धेरै देश हुने भएकाले ती देशलाई यो खोप उपलब्ध गराउने बताए । कोभिड–१९ को अप्रेसन फोरमको बिहीवारको बैठकमा राष्ट्रपति सी जिनपिङले यो सन्देश पठाएका हुन् । उनले पठाएको लिखित सन्देशमा सो कुराको जानकारी गराइएको छ ।
राष्ट्रपति सी जिनपिङले कोभ्याक्स अन्तर्गत दिइएको एक करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगबाट किनिएको खोप विश्वका विकासशील देशहरूका लागि उपलब्ध गराइने जानकारी पनि दिएका छन् । राष्ट्रपति जिनपिङले चीनले कोभिड–१९ का विरुद्धमा विश्व समुदायलाई एकत्रित गर्ने काममा चीनले भूमिका निर्वाह गर्ने पनि जानकारी दिएका छन् ।
उनले विश्व यो महामारीबाट आक्रान्त भएकाले यसका विरुद्धमा विश्व नै एक भएर लड्नुपर्ने भन्दै चीन महामारीविरुद्ध विश्व समुदायलाई एकै स्थानबाट लड्ने वातावरण सिर्जना गर्ने काममा लागेको पनि बताएका छन् ।