प्रस, पंचगावाँ, २१ साउन/

जिल्लास्तरीय राष्ट्रिय मानव अधिकार आयोग गठन भएको छ । पर्सा बारका अध्यक्ष ओमप्रकाश गुप्ताको संयोजकत्वमा ९ सदस्यीय जिल्लास्तरीय राष्ट्रिय मानव अधिकार आयोग गठन भएको हो ।

आयोगको प्रदेश नं २ की अधिकृत मनमाया रानामगरको अगुवाइमा आयोग गठन भएको हो ।

आयोगको सदस्यमा गैरसरकारी संस्था महासङ्घ नेपाल पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष युवराज खड्का, अपाङ्ग सङ्घ पर्साका अध्यक्ष शम्भु पासवान, दलित महिला महासङ्घ पर्साकी अध्यक्ष नीला राम, नेपाल चिकित्सक सङ्घ नारायणी वीरगंजका सचिव डा उदयनारायण सिंह, नेपाल नर्सिङ सङ्घका प्रतिनिधि र दिव्य युवा क्लबका प्रतिनिधि सुनील गुप्ता छन् ।

गठित आयोगले कोभिड महामारी तथा मानव अधिकार हननका सवालमा अनुगमन गर्ने, प्रतिवेदन बुझाउने उद्देश्य रहेको प्रदेश अधिकृत रानामगरले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here