प्रस, वीरगंज, २० साउन/
जन्मसिद्ध नागरिकता पाउनुपर्ने मागसहित बुधवार राजधानीमा प्रदर्शन भएको छ । जन्मसिद्ध नागरिकता सङ्घर्ष समितिका संयोजक पटेर्वासुगौली गाउँपालिका निवासी अमितकुमार राउतको अध्यक्षतामा माईतीघर मण्डलाबाट निस्किएको -याली संसद भवन अगाडि पुगेर सम्पन्न भएको थियो ।
प्रदर्शनको क्रममा आमाको नामबाट नागरिकता दे, जन्मसिद्ध नागरिकता अविलम्ब दे, गैरनागरिक बनाउन पाउँदैन, संविधान मिच्न पाइँदैन भन्दै नेपालको संविधान २०७२ मा गरिएको व्यवस्था अनुसार जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता उपलब्ध गराउन माग गरिएको समितिका सदस्य विक्रमप्रसाद यादवले बताए ।
प्रदर्शनमा पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, मोरङलगायतका जन्मसिद्ध नागरिकहरूको सहभागिता थियो ।