सोल, १९ साउन/सिन्ह्वा
दक्षिण कोरियामा गएको हप्ता दुर्ई हजारभन्दा बढी सङ्क्रमित भेटिएका छन् । ती सङ्क्रमित नयाँ भेरियन्टका भएको बताइएको छ ।
दक्षिण कोरियाका स्वास्थ्य अधिकारीले मङ्गलवार दिएको जानकारी अनुसार यहाँ गएको हप्तामा दुर्ई हजार १०९ नयाँ भेरिएन्टका सङ्क्रमित भेटिएका छन् ।
यहाँ यो तथ्याङ्कसहित गएको हप्तामा कोभिड–१९ का नयाँ भेरियन्टको सङ्ख्या आठ हजार १२५ पुगेको पनि बताइएको छ ।
यहाँ नयाँ भेरियन्ट जुलाई २५ मा भेटिएको थियो । योसमेत गरी यहाँ त्यसयता नयाँ भेरियन्टका २५ हजार २४० जना सङ्क्रमित पाइएका हुन् । रासस