काठमाडौं, १८ साउन/रासस

नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले पूर्वकप्तान पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा उपयुक्त समयमा नभएको बताएका छन् ।

क्यानका अध्यक्ष चन्दले सन्न्यास लिने पारसको निर्णय अप्रत्याशित रहेको भन्दै यस विषयमा क्यानमा छलफल भइरहेको र औपचारिक धारणा आउने बताए । “पूर्वजानकारी गराएर सन्न्यास लिएको भए केही फरक परिस्थिति बन्ने थियो, अचानक सन्न्यास लिनु क्रिकेट र देशका लागि राम्रो भएन,” उनले भने ।

अध्यक्ष चन्दका अनुसार पूर्वकप्तान खड्काले आज बिहान करीब साढे ७ बजेतिर इमेल गरेर सन्न्यास लिन लागेको जानकारी गराएका थिए । उनले आइसिसी विश्व क्रिकेट लिग–२ का लागि नेपाली राष्ट्रिय टोलीको आज बन्द प्रशिक्षण शुरू गर्ने तयारी रहेको समेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here