फरक समाचार

वर्षाको मौसममा रोगहरू पनि बढ्छ । सामान्य मौसमी रोगको अलावा स्वाइन फ्लु , डेंगुजस्ता रोगहरू पनि बढ्ने गर्छ । सङ्क्रमणबाट जोगिने केही उपाय डा अव्यक्त अग्रवालले बताएकी छन् । वर्षाको पानी वा खोला–पोखरीको पानीमा नुहाउनुहुँदैन । यस पानीमा रहेका फड्डसले तपाईंलाई रोगी बनाउन सक्छ ।

यदि वर्षाको पानीले भिज्नुभएको छ भने मनतातो पानीले पुनः नुहाउनुपर्छ । यसबाट हानिकारक ब्याक्टेरिया, फड्डस र फोहरबाट जोगिन सकिन्छ र रोग लाग्दैन । सम्भव हुन्छ भने यस मौसममा साँझपख नुहाउने बानी बसाल्नुपर्छ । यसबाट पसिना र त्यसबाट हुने सङ्क्रमणबाट जोगिन सकिन्छ । कपडा, मोजा, भित्री वस्त्र थोरै पनि भिजेको छ भने लगाउनुहुँदैन । यसबाट जमेको फड्डसले सङ्क्रमण फैलाउन सक्छ ।

यस मौसममा कम तापमान, नमी र आद्रताको कारण एयर बोर्न इन्फेक्शन (हावाबाट फैलिने सङ्क्रमण) जस्तै फ्लु , स्वाइनफ्लुको मामिला बढ्न सक्छ । यो मौसम सङ्क्रामक रोग रियो अडेनोजस्ता भाइरसको लागि अनुकूल हुन्छ । यसैले सार्वजनिक स्थान जस्तै अस्पताल, थिएटर, बजार र सार्वजनिक यातायातको प्रयोग गर्नुहुँदैन । गरे पनि मुख, नाक राम्ररी ढाक्नुपर्छ । परिचितसँग हात मिलाउनुहुँदैन । पटक–पटक हात धुने बानी बसाल्नुपर्छ ।

वर्षायाममा कम तिर्खा लाग्छ र यसको कारण धेरैजसोले पानीको सट्टा चिया–कफी बढी पिउँछन् । यसबाट दोहोरो नोक्सान हुन्छ । पानी कम पिउँदा शरीर डिहाइडेट हुन्छ भने कैफिनले झनै डिहाइडे«शन बढाउँछ । यसैले पर्याप्त मात्रामा पानी पिउनुपर्छ । स्वच्छ तथा उमालेको पानी पिउनुपर्छ ।

यस मौसममा टाइफाइड, जन्डिस, डायरिया (हेपाटाइटिस ए,ई) हुने आशङ्का बढ्न सक्छ । यस मौसममा चीसो खानेकुरा खानुहुँदैन भन्ने धारणा छ, जुन गलत हो । अमिलो फलमा भिटामिन सी पर्याप्त मात्रामा हुन्छ । भिटामिन सीले रोग प्रतिरोधक क्षमता बढाउँछ । तसर्थ यस मौसममा अमिलो र मौसमी फल खानुपर्छ ।

वर्षाको कारण भित्ता भिजेको र कपडामा नमी जमेको कारण फड्डस हुर्किन्छ, जसले गर्दा एलर्जी हुन सक्छ । यसको अलावा ठाउँ–ठाउँमा उम्रिने झारबाट उत्पन्न परागकणको कारण छालामा एलर्जी र दमका रोगीमा बढोत्तरी हुन्छ । यतिबेला लामखुट्टे पनि निकै बढ्छ, तसर्थ राति सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ । – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here