UN ILLUS.jpg

संयुक्त राष्ट्रसङ्घ, १९ साउन/सिन्हवा

अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय शान्तिसेना पठाउने विषयमा अहिले नसोचिएको संयुक्त राष्ट्रसङ्घका लागि भारतीय राजदूतले बताएका छन् । संयुक्त राष्ट्रसङ्घका लागि भारतीय राजदूत टिएस तिरुमूर्तिले सो कुरा बताएका हुन् ।

उनले भनेका छन्–हामीले अहिले नै अफगानिस्तनमा संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना पठाउनेबारे केही सोचेका छैनौं, मलाइ लाग्छ वर्तमान अवस्थाको समाधानका लागि शान्तिवार्ता नै विकल्प हुन सक्छ । हाल भारत संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अध्यक्ष रहेको छ । अध्यक्षको हैसियतमा तिरुमूर्तिले सो कुरा बताएका हुन् ।

उनले भने–तर हाल अफगानिस्तानको अवस्था निकै कमजोर छ, तालिबानीले हिंसालाई बढावा दिएका छन् र विभिन्न शहरमा उनीहरूले आक्रमण गरेको समाचार आइरहेका छन् । राजदूत तिरुमूर्तिले सुरक्षा परिषद्को बैठकमा बोल्दै संयुक्त राष्ट्रसङ्घले अझै पनि अफगानिस्तानको समस्या समाधान वार्ताबाटै गर्नुपर्छ भन्ने ठानेको छ भने ।

हेल्मान्डमा सेना र तालिबानीबीच भीषण भीडन्त

अफगानिस्तानको दक्षिणी हेल्मान्ड प्रान्तमा तालिबानीसँग भीषण भीडन्त जारी रहेको समाचार आएको छ । अफगानी सेना र अमेरिकी सेनाले सो क्षेत्रमा हवाई हमला जारी राखे पनि दक्षिणी हेल्मान्ड प्रान्तको एक शहर लस्करगाहमा तालिबानीले कडा प्रतिवाद गरिरहेको बताइएको छ ।

सोमवार प्राप्त समाचारमा उक्त शहरमा तालिबानीले एउटा टेलिभिजन स्टेशन कब्जामा लिएका बताइएको छ । यहाँका प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार ग्रामीण क्षेत्रका कैयौं मानिसले कतिपय गाउँँका खाली भवन तथा कार्यालयमा शरण लिएका छन् ।

केही दिनयता अफगान तालिबानीले आक्रमणलाई तीव्र बनाएपछि विद्रोहीसँग लड्न ठूलो सङ्ख्यामा थप अफगान सैनिक परिचालन गरिएको छ । यस अघि सो क्षेत्रमा करीब बीस वर्षसम्म रहेका अमेरिकी सेना हालैमात्र त्यहाँबाट हटेपछि अहिले अफगानिस्तानको सेनाले सुरक्षा दिंदै आएको थियो ।

केही दिनयता सो क्षेत्रमा तालिबानीले तीव्र आक्रमण गरेर कैयौं भूभाग कब्जा गर्ने प्रयास गरिरहेका छन् । उनीहरूले केही स्थान त कब्जा गरिसकेको पनि बताइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here