वाशिङ्टन, १९ साउन/सिन्ह्वा

अमेरिकी सरकारले २४ रूसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । उनीहरूको प्रवेशाज्ञा सेप्टेम्बर ३ सम्ममा सकिने भएकोले उनीहरूलाई सो समयसम्म अमेरिका छोडिसक्न भनिएको हो । अमेरिकामा रहेको रूसी दूतावासले सो कुराको जानकारी दिएको बताइएको छ ।

अमेरिकाका लागि रूसी राजदूत एन्टोली एन्टोनोभले भने–हामीलाई आगामी सेप्टम्बर ३ तारिख अगावै, अमेरिका छोड्नु भनेर अमेरिकाले २४ जना कूटनीतिज्ञको सूची पठाएको छ । 

रूसी कूटनीतिज्ञहरूले निर्धारित समयमैं अमेरिका छोड्ने जानकारी राजदूत एन्टोलीले दिएका छन् । उनका अनुसार हाल अमेरिकाले प्रवेशाज्ञामा निकै कडाइ गरेकोले तिनका स्थानमा तत्कालै अरू कूटनीतिज्ञ अमेरिका आउने छैनन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here