काठमाडौं, १९ साउन/रासस

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने भन्दै आज सामाजिक सञ्जालमार्फत सन्न्यास घोषणा गरेका हुन् । उनले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भनेका छन् । मैदानभित्र बिताएको दुर्ई दशक आफूसँग मीठो सम्झनाका रूपमा रहने उल्लेख गर्दै खड्काले नेपाली क्रिकेटलाई सबैले मिलेर नयाँ उचाइमा पु-याउने विश्वाससमेत व्यक्त गरेका छन् ।

लामो समय नेपाली राष्ट्रिय टोलीको कप्तानी गरेका खड्काले सम्पूर्ण नेपाली क्रिकेट समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने निर्णय लिएको बताए । सन् २००२ मा १५ वर्षको हुँदा आपूmले क्रिकेट यात्रा शुरू गरेको उल्लेख गर्दै खड्काले आप्mनो जीवनमा देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नति हो भने ।

नेपालमा क्रिकेटको विकासका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाको संयुक्त प्रयास आवश्यक रहेको खड्काको भनाइ छ । यसका लागि सबैमा इमानदारी चाहिन्छ, उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छ । तेत्तीस वर्षीय खड्का सन् २००९ मा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए । उनले सन् २०१९ सम्म कप्तानको भूमिका निर्वाह गरे ।

खड्काले नेपालका लागि १० एक दिवसीय तथा ३३ टी–२० अन्तर्राष्ट्रिय खेल खेले । दायाँ हाते ब्याटस्म्यान उनले यस क्रममा एक दिवसीयमा ३१५ रन बनाए भने टी–२० मा ७९९ रन बनाएका थिए । दुवै किसिमका प्रतियोगितामा उनी शतक प्रहार गर्न सफल भएका थिए । खड्काले बलिङसमेत गरेका थिए । उनले १० एक दिवसीय खेलमा नौ विकेट लिएका थिए भने टी–२० मा आठ विकेट लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here