प्रस, पोखरिया, १८ साउन/

पोखरिया नगरपालिका–५ सतवरियामा सोमवार आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ ।          

पोखरिया नपाका प्रमुख दीपनारायण रौनियारले स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै सो वडाका जनताको स्वास्थ्य सेवामा पहुँच पु-याउने उद्देश्यले स्वास्थ्य केन्द्रको स्थापना गरिएको बताए ।

उनले आगामी दिनमा उक्त स्वास्थ्य केन्द्रको लागि निश्शुल्क जग्गा प्रदान गरिनेसमेत प्रतिबद्धता व्यक्त गरे ।    

वडाध्यक्ष उमाकान्त साहको अध्यक्षतामा भएको कार्यक्रममा गोवद्र्धन यादव, स्वास्थ्य संयोजक कौशलेन्द्र मिश्र, रामपूजन पाठक, राजु साहलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here