प्रस, कलैया, १८ साउन/

युके एड नेपालको सहयोगमा पिपुल इन नीड र आसमान नेपालको सहकार्यमा सञ्चालित आरम्भ परियोजना अन्तर्गत आफ्नो व्यवसाय शुरू तथा सुधारसम्बन्धी सात दिने तालीम सोमवार बाराको सुवर्ण र देवताल गाउँपालिकामा सम्पन्न भएको छ ।

१५ देखि १९ वर्षका विद्यालयबाहिर रहेका किशोरीहरूलाई ८ महीना पठनपाठन गराइ उनीहरूको जीविकोपार्जनका निम्ति तालीम आयोजना गरिएको डा वीरेन्द्र सिंहले जानकारी दिए ।

तालीममा व्यापार गर्दा मूल्य निर्धारण, बजारीकरणलगायतका विषयमा प्रशिक्ष्Fण दिइएको थियो । १४ जना किशोरीको सहभागिता रहेको तालीममा शान्ता सुनार, विपासा चौधरीले प्रशिक्ष्Fण दिएका थिए भने रमेश जैसवाल र धर्मेन्द्र चौरसियाले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here