टोकियो/सिन्ह्वा
ओलम्पिक खेलकूद प्रतियोगिता सञ्चालन भइरहेको जापानका अरू चार क्षेत्रमा पनि सङ्कटकाल घोषणा गरिएको छ ।
यसअघि टोकियो र ओकिनावामा सङ्कटकाल लागू हुँदै आएकामा चिबा, कानागावा, सैतामा र ओसाकामा पनि सङ्कटकाल लगाइएको हो । कोरोना भाइरसको महामारी फैलिंदै गएकाले महामारी न्यूनीकरणका लागि सङ्कटकाल लगाउनुपरेको अधिकारीहरूले जनाएका छन् ।
टोकियोबाट नजीकै रहेको क्षेत्रमा सङ्कटकाल लगाइएको हो । सङ्कटकाल यही अगस्त ३१ सम्म लागू हुने जनाइएको छ । टोकियो र ओकिनावामा लगाइएको सङ्कटकाल पनि अगस्त ३१ सम्मका लागि तय गरिएको छ । रासस