माधव तिमल्सिना, ठोरी, १७ साउन/

 ठोरीसँग सिमाना जोडिएको बाँदरझुलास्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा बिजुली पुगेको छ । चितवनको माडी नगरपालिका–९ मा पर्ने विकट क्षेत्र बाँदरझुला गाउँस्थित सशस्त्रको क्याम्पमा पहिलोपटक आइतवार बिजुलीबत्ती बलेको हो । 

ठोरी गाउँपालिका–१, चौतारासँग सिमाना जोडिएको सो ठाउँमा बिजुली नहुँदा स्थानीयका साथै सुरक्षाकर्मीलाई समेत समस्या हुँदै आएको थियो । चितवन जिल्लामा पर्ने ठाउँ भएपनि पर्साको पोखरिया वितरण केन्द्रले तत्काललाई सशस्त्रको बेस क्याम्पसम्म विद्युत् पु¥याएको छ ।

केबुल तारमार्फत रूखमा तार झुन्ड्याएर क्याम्पसम्म विद्युत् पु-याइएको पोखरिया वितरण केन्द्र अन्तर्गतको सुवर्णपुर फ्युज सेवाका प्रमुख रामलालले जानकारी दिए । चौताराबाट रूखमाथि तार टाँगेर झन्डै २ किलोमिटर दूरीमा रहेको क्याम्पसम्म बिजुली लगिएको उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको सो गाउँमा रहेको सशस्त्रको क्याम्पसम्म जेनतेन बिजुली पुगेपछि स्थानीयलाई पनि गाउँमा बिजुली बल्छ कि भन्ने आशा जागेको छ । निकुञ्जको कारण लामो समयदेखि स्थानीयले बिजुलीबत्ती, यातायात जस्ता सेवाहरू सहजरूपमा पाउन नसकेको क्षेत्रमा सरकारी प्रतिनिधिका रूपमा रहेको सशस्त्र प्रहरीले आइतवार बिजुली बालेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here