प्रस, वीरगंज, १५ साउन/
ज्येष्ठ नागरिक सङ्घ पर्साको आयोजनामा ‘बढ्दो उमेरसँगै भोजन व्यवस्थापन’बारे अन्तत्र्रिmया शुक्रवार सम्पन्न भयो ।
प्रतीक दैनिकको कार्यालयमा आयोजित कार्यक्रममा पोषणविज्ञ डा. निशा सिंहले भोजन व्यवस्थापनका विविध पक्षबारे प्रकाश पारेकी थिइन् ।
उनले बढ्दो उमेरसँगै थरीथरीका रोगहरू लाग्ने भएकोले सोही बमोजिम खानपान पनि सन्तुलित तरीकाले उपभोग गरे रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनुका साथै स्वास्थ्य–क्षति न्यूनीकृत हुने बताइन् ।
सो अवसरमा वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले ज्येष्ठ नागरिकले आयोजना गरेको कार्यक्रम अति प्रभावकारी, रोचक र उपयोगी लागेको बताउँदै ज्येष्ठ नागरिकको लागि यस अघि पनि महानगरपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि गरिरहने प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा महानगरका उपमेयर शान्ति कार्कीले विभिन्न अन्तक्र्रिया, तालीम तथा गोष्ठीहरूमा सिकेका सीप व्यवहारमा उतार्न सके मात्रै प्रभावकारी हुने बताइन् ।
ज्येष्ठ नागरिक सङ्घ पर्साका अध्यक्ष जगदीश शर्माले सहजीकरण गरेको कार्यक्रममा ज्येष्ठ नागरिकहरूले पोषण विज्ञ डा सिंहसँग अन्तक्र्रिया गरेका थिए ।