प्रस, परवानीपुर, १४ साउन/

निजामती कर्मचारी, प्रहरी, सेनाजस्तै शिक्षकहरूले पनि आआप्mनो जिल्लाबाट पेन्सन (निवृत्तिभरण भत्ता) सम्बन्धी सेवा लिने भएका छन् ।

चालू आवको लागि प्रस्तुत बजेटमा त्यस्तो व्यवस्था भएसँगै शिक्षकहरूले जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट पेन्सनसम्बन्धी सेवा लिन सकिने भएका हुन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साका प्रमुख रुद्र कार्कीका अनुसार शिक्ष्Fकहरूले पहिलो पेन्सन पट्टा शिक्षक किताबखाना, अहिलेको राष्ट्रिय किताबखानाबाट बनाइसकेपछि बाँकी कामको लागि काठमाडौं धाइराख्र्नु जरूरी नहुने उनले बताए ।

प्रारम्भिक चरणको पेन्सन पट्टा बनाइसकेपछि बाँकी सबै काम कोलेनिकाबाट हुने उनले स्पष्ट पारे । जस्तै मृत्यु भएपछि पारिवारिक नामसारी, केही समय विदेश गएर आएपछि सञ्चालन गर्नुपर्ने जस्ता अन्य काम जिल्लाबाट हुने व्यवस्था लागू भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here