प्रस, वीरगंज, १५ साउन/

धुनषामा एकजना थुनुवाले प्रहरीकै हिरासतमा रहेको बेला आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमा रहेका लक्ष्मीनियाँ गाउँँपालिका घर भएका थुनुवा पल्टु रविदासले शुक्रवार बिहान आत्महत्या गरेका हुन् ।

कुटपिट मुद्दामा पक्राउ परेका उनले गन्जीको पासो बनाई भेन्टिलेशनको रडमा बाँधी झुन्डिएको प्रहरीले जनाएको छ । उनको आत्महत्याबारे थप अनुसन्धान भइरहेको धुनषा प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here