प्रस, वीरगंज, १५ साउन/

लेडिज सर्कल नेपाल र वीरगंज लेडिज सर्कलले वीरगंजमा निर्माण गरेको सुरक्षित गृहको शनिवार उद्घाटन भएको छ । सर्कलका सदस्य सञ्जय पटवारीको स्मरणमा निर्माण गरिएको उक्त गृह जिल्ला प्रहरी कार्यालय, पर्साको रेखदेखमा सञ्चालन हुनेगरी उद्घाटन भएको हो ।

जिल्लाको ग्रामीण क्षेत्रमा महिला विरुद्ध हुने हिंसाका कारण पीडामा पर्ने महिलाहरूले न्यायको लागि सदरमुकाम आउँदा आवासकै कारण अनेकौं दुःख र सास्ती खेप्नुपर्ने अवस्था रहेकोले उनीहरूको सुरक्षित आवासको लागि उक्त गृह निर्माण गरिएको हो ।

न्यायका लागि जिल्ला सदरमुकाम आउने महिला तथा बालबालिकाले वीरगंजमा सुरक्षित बस्ने र कानूनी उपचार पाउने सुरक्षित वतावरणको लागि ‘सुरक्षित गृह’ को आवश्यकता टडकारो देखिएपछि विभिन्न दाताहरूको सहयोगमा लेडिज सर्कलले गृह निर्माणको जिम्मेवारी लिएको एलसिएनका केन्द्रीय अध्यक्ष रश्मी दासले बताइन् ।

लेडिज सर्कल वीरगंजका अध्यक्ष अनामिकाको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी, सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्ल, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष माधव राजपाल र नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण वीरगंज लेडिज सर्कलका उपाध्यक्ष विप्र क्यालले गरेकी थिइन् । जिप्रका महिला सेल रहेको भवनमा माथिल्लो तला थप्नेगरी करीब १२ लाख रुपियाँकोे अनुमानित लागतमा भवन निर्माण शुरू भएको थियो । निर्माणाधीन सुरक्षित गृहमा हालसम्म करीब ६ लाख रुपियाँ लगानी भइसकेको सर्कलले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here