प्रस, वीरगंज, १५ साउन/

पर्सा प्रहरीले अवैधरूपमा भित्रिएको १० वटा भारतीय मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कारबाईको लागि वीरगंज भन्सार बुझाएको छ ।

निषेधाज्ञा तथा नेपाल–भारत सीमा बन्द रहेको अवस्थामा लुकीछिपी नेपाल भित्रिएको बिआर २२ टि ८६५५, बिआर २२आर ५०२६, बिआर २२ एई ८९५३, बिआर २२ वाई ३०८८ नम्बरलगायत १० वटा गाडी वीरगंज भन्सार बुझाएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी गराए ।

पर्साको विभिन्न प्रहरी युनिटले चेकजाँचको क्रममा नियन्त्रणमा लिएको सवारी साधनहरू बिहीवार वीरगंज भन्सार बुझाइएको थियो । यस अघि पनि दर्जनांै मोटरसाइकल र सवारी साधन पर्सा प्रहरीले निषेधाज्ञा तथा सीमा बन्द रहेको अवस्थामा वीरगंज भन्सारमा बुझाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here