बलिराम शुक्ला, बिरुवागुठी १४ साउन/

नेपाली काङ्ग्रेसमा क्रियाशील सदस्यता विवादका कारण पर्सा जिल्लाका केही वडामा नयाँ क्रियाशील सदस्यता स्थगित गरिएको छ ।

नेपाली काङ्ग्रेसको विधान अनुसार महाधिवेशनका लागि तल्लो तहका सबभन्दा महŒवपूर्ण मतदाताको रूपमा मानिने क्रियाशील सदस्यता विषयमा छानबीन समितिले बुझाएको प्रतिवेदनमा पर्सा जिल्लाका केही वडाहरूमा विवादका कारण नयाँ क्रियाशील सदस्यता स्थगित गरिएको प्रतिवेदनमा जनाइएको छ ।

काङ्ग्रेस क्रियाशील सदस्यता छानबीन समिति संयोजक रमेश लेखकले मङ्गलवार पार्टी पदाधिकारी बैठकमा सभापतिलाई बुझाएको प्रतिवेदनमा पर्सा जिल्ला निर्वाचन क्षेत्र नं ३ का सबै वडा स्थगित गरिएको छ भने वीरगंज महानगरपालिका वडा नं २२, २७, २९, र ३१ नम्बर तथा बहुदरामाई नगरपालिका वडा नं २ र ६, पर्सागढी नगरपालिकाको वडा न ५, ६, ७ को नयाँ क्रियाशील सदस्यता स्थगित गरिएको छ ।

स्थगित गरिएका वडाहरूबाट आएका पुराना सदस्यता सदर गरी समितिले काङ्ग्रेसको १४ औं महाधिवेशन पछि प्रक्रिया पु¥याएर कायम गर्नेगरी स्थगित गरिएको हो ।

काङ्ग्रेसले देशभरका १२१ विवादित वडामा क्रियाशील सदस्यता वितरण स्थगित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here