प्रस, कलैया, १४ साउन/

युकेएड नेपालको सहयोगमा पिपुल इन निड र आसमान नेपालको संयुक्त सहकार्यमा सञ्चालित आरम्भ परियोजना अन्तर्गत आज बाराको आदर्श कोतवाल गाउँपालिकामा रहेको सिकाइ केन्द्रहरूको अनुगमन गरिएको छ ।

आसमान नेपालले उक्त पालिकामा २९ वटा सिकाइ केन्द्रमार्फत ६०२ जना १० देखि १९ वर्षका किशोरीहरूलाई पढाउँदै आएको छ ।

जसमध्ये १० देखि १४ वर्षका किशोरीहरूलाई विद्यालय भर्ना गराउने र १५ देखि १९ वर्षका किशोरीहरूलाई सीपमूलक तालीम दिने बाराका कार्यक्रम संयोजक रामसुरेश ठाकुरले बताए ।

सोही कार्यक्रमको पालिकाका कार्यकारी अधिकृत प्रमोद साद, शिक्षा संयोजक जितेन्द्र यादव, स्वास्थ्य संयोजक पारस यादव, आसमान नेपालका अध्यक्ष हरेशचन्द यादव, सुशील थापा, शिक्ष्Fा अधिकृत रामप्रवेश यादवलगायतको टोलीले अनुगमन गरेको थियो ।

यसैबीच कटहरिया नगरपालिका अन्तर्गत सञ्चालित सिकाइ केन्द्रको अनुगमन गरिएको छ ।
नगरप्रमुख सियाराम कुशवाहाको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश, शिक्षा संयोजक अनिल निधिसहितको टोलीले केन्द्रको अनुगमन गरेका थिए ।

रौतहट/
यस्तै युकेएड नेपालको सहयोगमा पिपुल इन निड र आसमान नेपालको संयुक्त सहकार्यमा सञ्चालित आरम्भ परियोजना अन्तर्गत रौतहटको दुर्गाभगवती गाउँपालिकामा पशुपालनसम्बन्धी पाँच दिने तालीम शुरू भएको छ ।

विद्यालय बाहिर रहेका १५ देखि १९ वर्ष उमेर समूहका किशोरीहरूलाई आय आर्जनको उद्देश्यले तालीमको आयोजना गरिएको आसमान नेपालका कार्यक्रम प्रमुख डा वीरेन्द्र सिंहले जानकारी दिए । वडाध्यक्ष्F रामबाबू रायको अध्यक्षतामा शुरू भएको तालीममा १४ जना किशोरीहरूको सहभागिता रहेको छ भने तालिममा अरुणकुमार झाले प्रशिक्षण दिइरहेको अरविन्द चौधरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here