प्रस, वीरगंज, १४ साउन/
भूमिसुधार तथा मालपोत कार्यालय पर्सा अन्तर्गत दुईवटा कार्यालयका २२ जना करारका कर्मचारीहरूको म्याद थप भएको छैन ।
प्रत्येक ६ महीनाको करारमा कार्य गर्दै आएका २२ जना कर्मचारी दश वर्षभन्दा बढी समयदेखि मालपोत र भूमिसुधार कार्यालयमा काम गर्दै आएका हुन । भूमिसुधार तथा मालपोत कार्यालय पर्सा अन्तर्गत मालपोतमा १७ जना र भूमिसुधारमा ५ जना करारमा कर्मचारी खट्दै आएका छन् । दुवै कार्यालय एकजना प्रमुखले हेर्दै आएको पनि वर्षाैं भइसकेको छ ।
प्रमुख मालपोत कार्यालयको जिम्मेवारीमा आउनेलाई नै भूमिसुधारको पनि जिम्मेवारी दिंदै आएको दशकभन्दा बढी भयो । अहिले दुवै कार्यालयका प्रमुख वासुदेव खतिवडा हुन् । तर उनी एक सातादेखि बिरामी परेका कारण कार्यालयमा उपस्थित छैनन् । उनले निमित्त कुमुद तिवारीलाई दिएर गएका छन ।
निमित्त दिए पनि करारवालाहरूको भने म्याद थप गरेनन् । अहिले खतिवडा अस्पतालमा भर्ना भएको बुझिन आएको छ । निमित्त प्रमुखले तिवारीले करारका कर्मचारीहरूको म्याद थप नगरी दुई सातादेखी काम गराउँदै आएका छन् । २२ जना करारका कर्मचारीको ६ महीने करार अवधि गत असार मसान्तसम्म मात्र थियो ।