संयुक्त राष्ट्रसङ्घ १४ साउन/सिन्ह्वा
संयुक्त राष्ट्रसङ्घले इजरायल–प्यालेस्टिन द्वन्द्व राजनीतिक माध्यमबाट समाधान गर्न आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका अधिकारीले पछिल्ला दिनमा बढ्दै गएको इजरायल–प्यालेस्टिन युद्धलाई शान्तिपूर्ण तवरबाट राजनीतिक समाधान खोज्न आग्रह गरेका हुन् ।
अहिले गाजामा द्वन्द्वपीडित नागरिकलाई आवश्यक सहयोग गरिएको छ । विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूले यो सहयोग उपलब्ध गराएको प्यालेस्टिनका लागि संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायका संयोजक लिन ह्यास्टिनले बताएका छन् ।
उनले हाल गाजाका नागरिकलाई विश्वका विभिन्न समुदायले सहयोग गरिरहेको उल्लेख गर्दै भनेका छन् कि हाल त्यहाँ मानवीय सहायता उपलब्ध गराएको भएपनि त्यहाँको युद्धको समाधान राजनीतिक रूपबाट नै खोज्नुपर्छ र यसका लागि विश्व समुदायको दबाब आवश्यक छ।
पछिल्ला दिनहरूमा इजरायल र प्यालेस्टिनमा द्वन्द्व बढ्दै गएको छ । त्यहाँका कैयौं मानिसलाई मानवीय सहायताको आवश्यकता देखिएको पनि बताइएको छ । रासस