बलिराम शुक्ला, बिरूवागुठी १३ साउन/
जीतपुर–रङ्गपुर जनता सडकमा चल्ने अटो र सार्वजनिक सवारीसाधनहरूले यात्रीसँग बढी भाडा लिने गरेका छन् ।
बडनिहारदेखि जीतपुर ७ किलोमिटर यात्रामा अटो रिक्सा तथा सार्वजनिक सवारीसाधनले यात्रीसँग रु ५० देखि ६० भाडा लिइरहेका छन् । त्यसैगरी मनवा बजारदेखि जीतपुर बजारसम्म १० किमी रहेकोमा सवारीसाधनले रु ८० देखि एक सयसम्म भाडा लिने गरेका छन् ।
जीतपुरदेखि रङ्गपुरसम्मको जनता सडक कालोपत्र भए तापनि अटो रिक्सा तथा सार्वजनिक भाडाका सवारीसाधनले पेट्रोल तथा डिजेलको मूल्य बढेको भन्दै चर्काे भाडा लिने गरेको स्थानीय नन्दलाल चौधरीले गुनासो गरे ।
पर्साको ग्रामीण उत्तरी भेगका स्थानीयवासीहरू जीतपुर र वीरगंज आवतजावत गर्ने गर्छन् । यस भेगमा चल्ने सवारी साधनले यात्रीसँग मनपरी भाडा असुल्ने गरेको यात्रीहरूले गुनासो गरेका छन् ।