प्रस, रौतहट, १३ साउन/

प्रदेश नं २ का प्रहरी नायब महानिरीक्षक उमेश रंजितकारले महिला तथा बालबालिकासम्बन्धी मुद्दामा अझ संवेदनशील भएर कार्य गर्न निर्देशन दिएका छन् । आज जिल्ला प्रहरी कार्यालय, रौतहटको प्राङ्गणमा नवनिर्मित गोल भवनको उद्घाटन गर्दै उतm निर्देशन दिएका हुन् ।

महिला तथा बालबालिकासम्बन्धी मुद्दामा शतप्रतिशत सफलता हासिल नभए पनि कुनै एउटा मुद्दामा अपराधी उम्कन सक्यो भने प्रहरीको छविमा क्षति हुने भएकोले गहन अनुसन्धान जारी रहेको उनले बताए ।

महिला तथा जेष्ठ नागरिक सेवा केन्द्रमा मिलापपत्र गर्ने चलन बढी रहेकोले कानूनले अपराध मानेको मुद्दामा मिलापत्र नगरी मुद्दा दर्ता गर्नसमेत प्रहरी नायब महानिरीक्षक रंजितकारले स्पष्ट पारेका थिए ।

बालविवाह न्यूनीकरण गर्न प्रहरी सदैव तयार रहेको बताउँदै शिक्षा तथा जनचेतनाको अभावका कारण बालविवाह हुने गरेको बताए ।

प्रदेश नं २ मा अपराधको सङ्ख्या घट्दै गएको बताउँदै उनले प्रहरीले सद्भावपूर्ण वातावरणमा पीडितको समस्या सुन्न सुझाव दिएका थिए । प्रहरीले पीडितको समस्या सुन्न आलटाल गरे प्रहरीप्रति विश्वास घट्ने उनले बताए ।

सत्य–तथ्य छानबीन गरी दोषीलाई कारबाईको दायरामा ल्याए प्रहरीप्रति जनविश्वास बढ्ने प्रहरी नायब महानिरीक्षक रंजितकारले बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here