प्रस, वीरगंज, १३ साउन/
लायन्स क्लब अफ वीरगंज संस्कृति गोल्ड र लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको संयुक्त सहकार्यमा बुधवार वीरगंज कारागारमा स्वास्थ्य सामग्री वितरण भएको छ ।
कारागारका कैदी बन्दीहरूलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो । वितरित सामग्रीमा सर्जिकल मास्क, स्यानेटरी प्याड, साबुन, स्याम्पु, कपालमा लगाउने तेललगायत रहेको लायन्स क्लबका डिस्ट्रिक्ट एक्जुकेटिभ चिफ डि. एन. अग्रवालले जानकारी गराएका छन् । लायन्स क्लबले विगतका दिनमा पनि वीरगंज कारागारका कैदी बन्दीहरूका लागि विभिन्न सहयोग गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने अग्रवालले बताएका छन्।
लायन्स क्लब अफ वीरगंज संस्कृति गोल्डका अध्यक्ष सुधाकार्की थापा र लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीका अध्यक्ष मीनादेवी टिबडेवालको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक्ट एडभाइजर पशुपति विक्रम शाह, डिस्ट्रिक्ट चेयरपर्सन उषा शाह, को–चिफ डिस्ट्रिक्ट एडभाइजर देव चौधरी, रामबिहारी पाण्डे, वीरगंज कारागारका प्रमुख कृष्ण गैरे, डिस्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर विजय कुशवाहालगायतको सहभागिता थियो ।
कार्यक्रमको सहजीकरण लायन्स क्लबका रिजन चेयरपर्सन विजया ओझैयाले गरेका थिए ।