कायरो १२ साउन/सिन्हवा
अरब लिगका महासचिव र ट्युनिसियाका विदेशमन्त्रीबीच सोमवार फोन वार्ता भएको बताइएको छ । उहाँहरूबीच हालैमात्र ट्युनिसियामा भएको राजनीतिक घटनाक्रमका वारेमा कुराकानी भएको थियो ।
महासचिव अहमद अबोल गइद र ट्युनिसियाका विदेशमन्त्री ओथमान जेरान्दीबीच ट्युनिसियामा विकसित भएको पछिल्लो राजनीतिक विषयवस्तुका वारेमा कुराकानी भएको बताइएको छ । ट्युनिसियामा गत आइतवार राति त्यहाँको संसद निलम्बन भएको छ भने यहाँका राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरेका छ ।
त्यसपछि ट्युनिसियामा विकसित भएको राजनीतिका विकासक्रमका वारेमा उहाँहरूबीच फोनमा कुराकानी भएको सो समाचारमा जनाइएको छ । हाल त्यहाँका कार्यकारिणी अधिकार राष्ट्रपतिले लिनुभएको छ भने नयाँ प्रधनानमन्त्री नियुक्त पनि गरेका छैन ।
यहाँ केही दिनयता देखि सरकारका विरूद्धमा आन्दोलन चर्किएको थियो र त्यसपछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरेका हो । यसै विषयमा उहाँहरूबीच कुराकानी भएको बताइएको छ । रासस