बाल्टिमोर, मेरील्यान्ड १२ साउन/एएफपी

विश्वभर तीन अर्ब ८८ करोड ७९ लाख ७३ हजार ५८४ मात्रा कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्क यस प्रकार रहेका छन् । चीनमा एक अर्ब ५५ करोड २ लाख ६८ हजार मात्रा कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४४ करोड १९ लाख १२ हजार ३९५ मात्रा कोरोनाविरुद्ध खोप लगाइएको छ ।

अमेरिकामा ३४ करोड ११ लाख ६० हजार ९३९ मात्रा कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्रजीलमा १२ करोड ८० लाख ७२ हजार २४३ मात्रा कोरोनाविरुद्ध लगाइएको छ । जर्मनीमा ८ करोड ९३ लाख ८७ हजार २५७ मात्रा कोरोनाविरुद्ध खोप लगाइएको छ । बेलायतमा ८ करोड ४५ लाख ८८ हजार ५३ मात्रा कोरोनाविरुद्ध खोप लगाइएको छ ।

जापानमा ७ करोड ७७ लाख २६ हजार ९२९ मात्रा कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा ६ करोड ९८ लाख ८४ हजार ७६७ मात्रा कोरोनाविरुद्ध खोप लगाइएको छ । टर्कीमा ६ करोड ७७ लाख ८७ हजार ३३२ मात्रा कोरोनाविरुद्ध खोप लगाइएको छ । इटाली ६ करोड ५८ लाख ८७ हजार ९५४ मात्रा कोरोनाविरुद्ध खोप लगाइएको छ ।

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४१ लाख ६७ हजार नाघ्यो
बेइजिङ, १२ साउन/सिन्ह्वा

कोरोना शुरू भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४१ लाख ६७ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरमा ४१ लाख ६७ हजार ९०२ जनाको मृत्यु भएको छ । विश्वभरि कुल सङ्क्रमितको सङ्ख्या १९ करोड ४७ लाख ५१ हजार ४१४ रहेको छ । विश्वभर तीन अर्ब ८८ करोड ७९ लाख ७३ हजार ५८४ मात्रा कोरोनाविरुद्ध खोप लगाइएको छ ।

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजारभन्दा कम
नयाँ दिल्ली/एएनआई

भारतमा पछिल्लो २४ घण्टामा थप २९ हजार ६८९ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलवार जनाएको छ । यहाँ १३२ दिनपछि थप कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजारभन्दा कम भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

हाल भारतमा तीन लाख ९८ हजार १०० जना सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ। गत २४ घण्टाको अवधिमा भारतमा कोरोना सङ्क्रमणको कारण ४१६ जनाको मृत्यु भएको छ । यसैसँगै यहाँ कोरोना शुरू भएदेखि हालसम्म कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या चार लाख २१ हजार ३८२ पुगेको पनि स्वास्थ्य मन्त्रालयले मङ्गलवार जनाएको छ ।

गत २४ घण्टामा यहाँ ४२ हजार ३६३ जना व्यक्ति कोरोनामुक्त भएपछि कुल तीन करोड ६ लाख २१ हजार ४६९ व्यक्ति कोरोनामुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरूको यो सङ्ख्या ९७.३९ प्रतिशत हो । अधिकारीहरूका अनुसार भारतमा अहिलेसम्म ४४ करोड १९ लाखभन्दा बढी मात्रा खोप कोरोनाविरुद्ध लगाइएको छ । त्यसैगरी, देशभरि अहिलेसम्म ४५ करोड ९१ लाख व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here