नितेश कर्ण, वीरगंज, १२ साउन

पर्सा जिल्लामा अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनको जानसिन खोप लगाउनेहरूको भीड रह्यो । सरकारले पहिलो चरणको खोप कोभिशिल्ड र दोस्रो चरणमा भेरोसिल खोप लगाएकोमा आज जानसिन खोप लगाएको हो । पर्सा जिल्लामा ७३ सय फाइल ९३६ हजार ५ सय मात्रा० आएको र सोमध्ये ७१ सय फाइल ९३५ हजार मात्रा० सोमवार र मङ्गलवार दुई दिन गरी ५० देखि ५४ वर्ष उमेरका व्यक्तिलाई लगाउने बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालय, पर्साका निमित्त प्रमुख नवलकिशोर साहले दुई दिनभित्र ३५ हजार मात्रा खोप लगाइने जानकारी गराए ।

उनले यसअघि पहिलो चरणमा कोभिशिल्ड ३६ हजार ८८० जनालाई लगाइएको र दोस्रोपटक सोही कोभिशिल्ड ९ हजार ४ जनालाई मात्र लगाइएको बताए । भेरोसिल पहिलो चरणमा ८ हजार ६३४ जनालाई लगाइएको र त्यसको दोस्रो मात्रा ७ हजार ३२७ जनालाई दिइएको निमित्त प्रमुख साहले बताए । जानसिन खोप जिल्लाभरि वडा कार्यालय, स्वास्थ्य कार्यालयहरूबाट दिइएको हो । यो खोप लिनको लागि उमेरबाहेकका मानिसहरूको वडा कार्यालयमा भीड लागेको थियो । यसअघिको कोभिशिल्ड र भेरोसिल खोप दुई मात्रामा लिनुपर्ने तर जानसिन खोप एक मात्रा लिएर पुग्ने हुनाले मानिसहरूको भीड लागेको हो । यसको साथै भारतमा अध्ययनका लागि जान लागेका विद्यार्थीहरूले पनि वडास्तरमा खोपको लागि माग गरेका थिए । उनीहरूका कारण कतिपय वडामा विवाद पनि भयो ।

तोकिएको उमेर समूहलाई मात्र दिने भनिएपछि भारतमा अध्ययनका लागि जाने विद्यार्थीहरूले आफूहरूलाई पनि सो खोप आवश्यक भएको भन्दै दबाब दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here