प्रस, वीरगंज, ११ साउन/

कोभिडका कारण पर्सा जिल्लाका मठमन्दिर बन्द भएपनि मितिले साउनको पहिलो सोमवार यहाँका शिवालयमा भीडभाडका साथ पूजापाठ नभए पनि तिथिको पहिलो सोमवार आज जिल्लाभरिका शिवालयमा भीडभाडका साथ पूजा गरिएको छ ।

घोषितरूपमा मन्दिर नखुले पनि अघोषितरूपमा मठमन्दिर सञ्चालनमा रहेको र साउनको पहिलो सोमवार आज अलखियामठ मन्दिरमा व्यापक भीड रह्यो । बिहानदेखि पूजा अर्चनाका लागि मानिसहरूको घुइँचो लागेको थियो । कोरोनाका कारण पहिलेजस्तो भीड नभए पनि अघिल्लो सोमवारको तुलनामा निकै भीड रह्यो । 

जीराभवानी गापा–१ मा लाग्ने बाबा बट्टेश्वरनाथ (जीराभवानी मेला), वडा नं ५ झकरा मसिहानीस्थित शिवालयमा यसअघिभन्दा तिथिको सोमवारमा भीड भयो तर पटेर्वासुगौली गापा अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने दुग्धेश्वर महादेव रामभौरीभाठामा निकुञ्जले रोक लगाएको कारण मानिसहरूको भीडभाड भएन ।

१७ किलोमिटर जङ्गलभित्र महादेव मन्दिर पर्ने हुनाले निकुञ्जले रोक लगाएको हो । यहाँ पहिले मेलासमेत लाग्ने गरेको थियो तर कोरोनाका कारण गत वर्षदेखि मेला बन्द गरिएको छ भने पूजापाठ पनि पहिलेजस्तै व्यापक भीडभाडका साथ हुने गरेको छैन ।

यसैगरी, पर्सागढी नपाको कोइलाभारस्थित शिवालय मन्दिरमा पनि आज बिहानैदेखि मानिसहरूको भीड रह्यो । मन्दिर संरक्षण समितिका अध्यक्ष बेचन खवासले कोरोना सङ्क्रमणको कारण सामान्य पूजापाठ मात्र गरिएको र भीड हुन नदिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here