प्रस, ठोरी, १० साउन/

पोखरिया नगरपालिका–६ स्थित महोवनी पद्म माविमा अध्ययनरत छात्राहरूलाई आइतवार साइकल वितरण गरिएको छ ।

प्रदेश सरकारको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम अन्तर्गत कक्षा ८ उत्तीर्ण २९ जना छात्रालाई जसपाका नेता हरिनारायणप्रसाद रौनियारले साइकल वितरण गरेका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य प्रह्लाद गिरीले छोरीको हित र विकासको लागि नेपालमा पहिलोपटक प्रदेश २ सरकारले बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम शुरू गरेको बताए ।

पोखरिया नगरपालिकाका प्रमुख दीपनारायणप्रसाद रौनियारले शिक्षाको विकासमा नगरपालिका प्रतिबद्ध रहेको बताए ।

विद्यालयका प्रधानाध्यापक लालबाबूप्रसाद चौहानले स्वागत गरेको कार्यक्रममा जसपा केन्द्रीय सदस्य निजामुद्दीन समानी, पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनलगायत शिक्षक, विद्यार्थीहरूको सहभागिता थियो ।

बलिराम शुक्ला, बिरुवागुठी/

पर्सागढी नगरपालिका–२ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय बागवानामा अध्यनरत कक्षा ८ का छात्राहरूलाई साइकल वितरण गरिएको छ ।

कार्यक्रममा २२ जना छात्रालाई जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेशप्रसाद यादवले साइकल वितरण गरेका थिए ।

पर्सागढी नगरपालिका–२ का अध्यक्ष वेदमन दास थारूको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रअ योगेन्द्रप्रसाद चौधरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here