प्रस, जीतपुर, १० साउन/

नेकपा (माओवादी केन्द्र) बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ ‘अनिल’ले जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित नेकपा माओवादी केन्द्रको वडा कार्यालय उद्घाटन गरेका छन् ।

कार्यालयको उद्घाटन गर्दै अनिलले वडावासीको हकहित तथा विकास निर्माणमा चौबीसैं घण्टा तयार रहने बताए ।

कार्यक्रममा वडाध्यक्ष हरिनारायण रौनियार, नेकपा माओवादी केन्द्र बाराका सदस्य धर्मबहादुर श्रेष्ठ, अर्जुन चिमोरिया, राजदेव पासवान, अर्जुन अधिकारी शर्मा, चन्देश्वर पासवान, तपियादेवी राम, मर्छियादेवी पासवानलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here