प्रस, वीरगंज, १० साउन/
नेपाली युवा उद्यमी फोरम (एनवाइइएफ) वीरगंज र चितवनको संयुक्त आयोजनामा कोरोना सङ्कटमा उद्योग सञ्चालन र जोखिम व्यवस्थापनबारे युवा उद्यमीहरूले स्थलगत अध्ययन, भ्रमण र अन्तर्संवाद गरेका छन् ।
शनिवार वीरगंज र चितवनका युवा उद्यमीबीच उद्योग–व्यापारका वर्तमान सम्भाव्यता, समस्या र समाधान विषयमा छलफल गरिएको एनवाइइएफ वीरगंजका अध्यक्ष अनुप अग्रवालले बताए।
सो क्रममा युवा उद्यमीहरूले बारा–पर्सा औद्योगिक कोरिडोरमा रहेका इन्टरनेशल सिमेन्ट प्रालि र निम्बस समूहका उद्योगहरूको भ्रमण गरेका थिए । कार्यक्रममा इन्टरनेशनल सिमेन्टका प्रबन्ध निर्देशक सन्दीप अग्रवालले उद्योगबारेमा जानकारी गराएका थिए ।
उद्योगको अवलोकनपछि आयोजित अन्तक्र्रियामा सशस्त्र प्रहरी बल बाराका सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीत, पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका प्रमुख महेश शाह, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक मनोजीत कुँवर, एनवाइइएफका द्वितीय केन्द्रीय उपाध्यक्ष सहारा जोशी, चितवन च्याप्टरका अध्यक्ष राजेश गौतम, दाताराम घिमिरे, राहुल अग्रवाललगायतले मन्तव्य राखेका थिए ।