प्रस, वीरगंज, १० साउन/

वीरगंज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले आफूहरूको कार्यकाल सय दिन पूरा भएको अवसरमा प्रदेश २ का प्रहरी नायब महानिरीक्षक उमेश रञ्जीतकारसँग अन्तक्र्रिया गरेका छन् ।

कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले शान्ति, सुव्यवस्था, स्थायित्वको लागि प्रनामनि रञ्जीतकारसँग आग्रह गरे । उनले कोभिड–१९ को सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै सङ्घले आफ्नो सक्रियतामा नारायणी अस्पतालमा बाल सघन चिकित्सा एकाइ निर्माण सम्पन्न गरेको जानकारी गराए ।

उनले वीरगंजमा विस्तारित सिसिटिभी परियोजनाको लागि दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने माग गरे । उनले औद्योगिक कोरिडोरको सुरक्षाको लागि औद्योगिक सुरक्षा बल पुनस्र्थापना गर्नुपर्ने, केमिकलयुक्त वारुणयन्त्रको व्यवस्था गर्नुपर्नेलगायतका सुझाव दिए ।

कार्यक्रममा प्रनामनि रञ्जीतकारले अपराधीहरू प्रविधिमय भइसकेकाले अपराध न्यूनीकरणको लागि स्मार्ट पुलिसिड्ढो धारणाअनुरूप प्रहरी प्रविधिमय हुनुपर्ने बताए । उनले नेपाल प्रहरी प्रविधिमैत्री हुँदै गइरहेको बताए । सिसिटिभी परियोजना अपराध अनुसन्धानमा सहयोगी सिद्ध भएकोले सो परियोजनाको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

नेपाल उद्योग वाणिज्य सङ्घ प्रदेश नं २ का अध्यक्ष गणेशप्रसाद लाठ तथा पूर्वअध्यक्ष अशोककुमार बैधले वीरगंज–रक्सौल नाकाबाट सर्वसाधारणको आवागमनलाई सहजता प्रदान गर्न अनुरोध गरे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेशराज पुरी, श्रीपुरका प्रहरी निरीक्ष्Fक दिनेश गौतम, सङ्घका उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दासलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here