सिड्नी, १० साउन, एएफपी
अस्ट्रेलियाका विभिन्न राज्यमा सङ्क्रमण फैलिन थालेपछि सिड्नीलगायत, सरकारद्वारा जारी लकडाउन र स्वास्थ्य सड्ढटकालविरुद्ध ठूला प्रदर्शन भएका छन् । सिडनी, ब्रिस्बेन र मेल्बर्नमा प्रदर्शनकारीहरू बढी आक्रामक बनेका खबरहरू प्राप्त भएका छन् । सिडनीमा प्रदर्शनकारीले घोडसवार प्रहरीमाथि विभिन्न वस्तुले प्रहार गरेका एक अधिकारीले दाबी गरे ।
सरकारले महामारी सङ्क्रमण नियन्त्रणका लागि घोषणा गरेको लकडाउन तथा स्वास्थ्य सड्ढटकालको उपायको विरोध गर्दै शनिवार भएका लकडाउनविरोधी ठूला प्रदर्शनको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले निन्दा गरेका छन् । प्रदर्शनका सहभागीहरूलाई ‘स्वार्थी तथा स्वयं पराजित व्यक्ति’ को संज्ञा दिंदै उनले कोरोना भाइरस फैलाउने जोखिम भएको प्रधानमन्त्री मोरिसनले आरोप लगाए ।
मोरिसनले न्यु साउथ वेल्स राज्यमा फैलिएको कोरोना भाइरसको डेल्टा भेरिएन्ट नियन्त्रण गर्न लकडाउन एक महीना लम्ब्याउनेबाहेक कुनै चमत्कारी उपाय नभएको बताए । यसैबीच न्यु साउथ वेल्सकी सरकार प्रमुखले सिडनीमा भएको प्रदर्शनप्रति चर्काे असन्तुष्टि व्यक्त गर्दै कडा निषेधाज्ञा प्रभावकारी रहेको बताएकी छन् ।
विगत २४ घण्टामा न्यु साउथ वेल्समा कोभिड–१९ का कारण थप दुर्ई व्यक्तिको निधन भएको छ ।
अस्ट्रेलियाका अधिकारीहरूका अनुसार शनिवार भएका प्रदर्शनमा ५७ प्रदर्शनकारी पक्राउ परेका छन् । अस्ट्रेलिया सरकारले सङ्क्रमणको नयाँ लहर शुरू भएपछि देशभरि पुनः लकडाउन लगाएको छ ।
अति सङ्क्रामक ‘डेल्टा भेरिएन्ट’को आगमनसँगै त्यहाँ विगतमा सीमा बन्द गर्ने, क्वारन्टिन कार्यक्रम सञ्चालन गर्ने र बेलाबेला लकडाउन गर्ने रणनीतिले चुनौतीको सामना गरिरहेको छ ।
विकसित देशहरूमध्ये सबैभन्दा न्यून खोप लगाउने दर अस्ट्रेलियामा छ । त्यहाँ अहिलेसम्म १४ प्रतिशतभन्दा कम व्यक्तिले खोप लगाएका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याड्ढ अनुसार अस्ट्रेलियामा हालसम्म ३२ हजार ५९४ जनामा सङ्क्रमण भएको र ९१६ जनाको कोभिड–१९ का कारण मृत्यु भएको देखिन्छ । रासस