प्रस, वीरगंज, ८ साउन/

वीरगंज–४ बिर्तास्थित नेपालकै दोस्रो पुरानो विद्यालय महावीरप्रसाद रघुवीरराम त्रिजुद्ध प्राविधिक विद्यालयका छात्राहरूलाई साइकल वितरण गरिएको छ ।

प्रदेश २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत त्रिजुद्धमा अध्ययनरत १०३ जना छात्रालाई मुख्यमन्त्री लालबाबू राउत गद्दीले साइकल वितरण गरेका हुन् ।

कार्यक्रममा प्रदेशका वैकल्पिक ऊर्जामन्त्री ओमप्रकाश शर्मा, वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगी, वडाध्यक्ष जगत साह कानूलगायतको सहभागिता थियो । सो अवसरमा मुख्यमन्त्री गद्दीले विद्यालयमा निर्मित पुस्तकालयको पनि उद्घाटन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here