प्रस, वीरगंज, ८ साउन/
नारायणी अस्पताल वीरगंजको पिसिआर प्रयोगशालाले शुक्रवार एकजना सङ्क्रमित पुष्टि गरेको छ ।
अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले ८४ जनाको स्वाब परीक्षण गर्दा एकजना ३८ वर्षीया पर्साकी महिला सङ्क्रमित पुष्टि भएको बताए । उनले बिहीवार अस्पतालको प्रयोगशालाले तीनजना सङ्क्रमित पुष्टि गरेको जनाएका छन् ।
३२० जनाको स्वाब परीक्षण गर्दा पर्साका दुई र बाराका एक गरी बिहीवार तीनजना सङ्क्रमित पुष्टि भएका थिए ।
नारायणी अस्पतालको कोभिड कक्षमा अहिले पाँचजना सङ्क्रमित रहेको डा सिंहले बताए ।