प्रस, वीरगंज, ८ साउन/

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको आयोजनामा लागूऔषध, बालविवाह, दाइजो प्रथाबारे अन्तक्र्रिया कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले अपराध गर्न कसैलाई कानूनले छुट नदिएको बताए । उनले समाजमा हुने ससाना अपराधलाई लुकाउँदा पछि ठूलो रूपमा घटिछ हुने भएकोले अपराधका ससाना घटनालाई पनि निरुत्साहित गर्न समाज अगाडि बढ्न आवश्यक रहेको सुझाए ।

हाम्रोबीच कोही पनि अपराधी हुन सक्छ र अपराध गर्ने तथा गर्न सहयोग गर्ने सबै अपराधका भागीदार हुने भएकाले त्यस्तालाई कानूनी दायरामा ल्याउन पर्सा प्रहरी प्रतिबद्ध रहेको प्रनाउ खनालले दाबी गरे ।

कार्यक्रममा सहभागीहरूले सामाजिक अपराध नियन्त्रणका लागि स्थानीयवासी आफैं अगाडि बढ्नुपर्ने बताए । उनीहरूले समाजलाई शिक्षित बनाउनुपर्ने र त्यति बेलासम्म जनचेतनाका कार्यक्रम निरन्तर हुनुपर्ने सुझाव दिए ।

कार्यक्रममा सहभागी वडाध्यक्ष प्रद्युम्न सेढाईं, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईं, सामुदायिक सेवा केन्द्रकी उपाध्यक्ष रेखा घिमिरे, ट्राफिक प्रहरी निरीक्षक सुमन कार्की, वप्रका श्रीपुरका प्रहरी निरीक्षक दिनेश गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा अधिवक्ता अभय दासले कार्यपत्र प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here