सिड्नी, ८ साउन/एपी

अस्ट्रेलियाको सङ्घीय राजधानी सिड्नीमा सङ्कटकाल घोषणा गरिएको छ । कोरोना भाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्यूनीकरण गर्नका लागि शुक्रवार सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

केन्द्रीय राजधानीसमेत पर्ने न्यू साउथ वेल्स प्रदेश सरकारले महामारी शुरू भएदेखिकै सबैभन्दा धेरै सङ्क्रमण पुष्टि भएपछि सङ्कटकाल लगाउने निर्णय गरेको हो ।

प्रदेश सरकारका अनुसार पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ भने १३६ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या अहिलेसम्मकै धेरै भएको बताइएको छ । राजधानी सिड्नीमा एक महीना अगाडिदेखि लकडाउन जारी रहेको छ ।

लकडाउन हुँदाहँुदै पनि महामारी कम नभएपछि सङ्कटकाल लगाउनुपरेको हो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here