रियाद, ८ साउन/सिन्ह्वा
साउदी अरेबियाको सरकारले यहाँ सम्पन्न भएको हजका क्रममा कोभिडको कुनै सङ्क्रमण नभएको जनाएको छ । साउदी प्रेस एजेन्सीले दिएको जानकारी अनुसार यहाँको हज सेसन कोभिड फ्री रूपमा सम्पन्न भएको भनेर सरकारले जानकारी दिएको छ ।
हजका क्रममा ठूलो भीडभाड हुने भएकोले यस क्रममा कोभिड १९ को ठूलो सङ्क्रमण हुने डर रहेको बताइएको थियो । त्यसैले पनि यहाँको सरकारले कोभिडविरुद्धमा निकै कडा र प्रभावकारी उपायहरू अपनाएको बताएको छ । त्यसै कारणले पनि यस वर्ष हजका लागि विदेशी नागरिक आउन नदिने र स्वदेशमा मात्र निकै सानो सङ्ख्यामा गर्नुपर्ने बताइएको थियो ।
साउदी अरबका स्वास्थ्यमन्त्री ताफिक अल रबिहले हजका क्रममा कोभिडको सङ्क्रमण नदेखिएको र सरकारले सजगताका लागि निकै प्रभावकारी मापदण्ड पनि अपनाएको बताए । उनले साउदी अरेबियाको मक्कामा हज गर्न आएकाहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्यसम्बन्धी मापदण्डहरूको पालनाको आवश्यकतामा जोड दिइएको थियो ।
त्यसैगरी, यहाँको सरकारले स्वदेशी नागरिक जम्मा ६० हजारजनालाई मात्र हजका लागि आउन दिएको थियो । त्यसैगरी, विदेशी नागरिक थोरैलाई मात्र हजका लागि आउन दिएको थियो । यसका कारणले हज सेसन सुरक्षितरूपमा सम्पन्न भएको उनले जानकारी दिए । रासस