प्रस, वीरगंज, ७ साउन/
नारायणी अस्पतालमा अक्सिजन र सक्सन पाइपलाइन विस्तार कार्य भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानले अक्सिजन प्लान्ट निर्माण कार्य अन्तिम चरणमा पुगेको र सोसँगै विभिन्न दाताको सहयोगमा अस्पतालका विभिन्न विभागमा अक्सिजन पाइपलाइनसँगै सक्सन पाइपलाइन पनि विस्तार गरिएको बताए ।
उनले ५०/५० शैंयाको मेडिकल, सर्जिकल वार्डका साथै १७ शैंयाको एचडियू, ८ शैंयाको आकस्मिक कक्ष, १५ शैंयाको अब्जर्भेसन, ८ शैंयाको कोभिड आइसियू, ५ शैंयाको ननकोभिड आइसियूमा अक्सिजन र सक्सन पाइपलाइन जडान भएको बताए ।
उनले सत्यनारायण क्याल, नेपाल फर्मास्युटिकल्स (अमात्य गु्रप), सूर्य नेपालको सहयोगमा अक्सिजन र सक्सन पाइपलाइन जडान भएको मेसु डा प्रधानले बताए । उनले २० शैंयाको सघन बाल उपचार कक्षमा पनि सक्सन र अक्सिजन पाइपलाइन जडानको लागि दाताको खोजी भइरहेको र अविलम्ब जडान गर्ने बताए ।
आकस्मिक कक्ष्को मुहार परिवर्तन
नारायणी अस्पतालको आकस्मिक कक्षको अहिले मुहार परिवर्तन भएको छ । तत्काल ८ शैंयाको आकस्मिक कक्षलाई व्यवस्थित पारिएको छ । सबै शैंया खुला अवस्थामा थिए अहिले त्यसलाई पर्दाले पार्टिसन गरिएको छ ।
यसैगरी, ८ वटै शैंयामा अक्सिजन र सक्सन पाइपको व्यवस्था गरिएको छ भने ८ वटा मोनिटर र एउटा भेन्टिलेटर पनि राखिएको छ । मेसु डा प्रधानले आकस्मिक कक्ष दुईवटा बाल शैंया राख्ने तयारी भइरहेको बताए । उनले एक साताभित्र दुईवटा बाल शैंया राखि सक्ने बताए ।