प्रस, वीरगंज, ७ साउन/

२ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय, पथलैया, बाराले बुधवार असार ६ गते छवटा सवारीसाधनलाई यात्रीसँग बढी भाडा असुलेको कसूरमा कारबाई गरेको छ ।

सूचना अधिकृत प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चारवटा बस र दुईवटा हाइस गाडीमा सवार ४९ जना यात्रीको रु २ हजार ९ सय १० बढी भाडा फिर्ता गराएको र छवटै सवारीसाधनलाई जनही रु एक हजार पाँच सय जरिवाना गरिएको बताएका छन् ।

तीनवटा सवारीसाधनलाई मातहतको जिल्ला ट्राफिक प्रहरी कार्यालय, धनुषाले कारबाई गरेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here